Posts

यसपालीको झरिमा पनि तिमी रुझ्छौ होला
रुझ्दा-रुझ्दै मलाई खोज्छौ होला
स्मृतिका नदीसँग बग्दै-बग्दै
मेरो यादको सागरसम्म पुग्छौ होला

नजिक रहेर पनि टाढा हुनुको व्यथा तिमी के बुझ्छौ होला
दुनिँयाको डरले इसाराले मलाई के भयो भनी सोध्छौ होला
मेरो झुठो मुस्कान देखी ठिकै त होला भनी
मनमनै तिमी सोच्छौ होला

म भन्दा असल अर्कै जिवन साथि रोज्छौ होला
कहिले काहिँ एकान्तमा मलाई पनि सोच्छौ होला
सुनाउनु छ तिमीलाई मन भित्रका व्यथा धेरै
कुनै दिन कतै त पकै भेट्छौ होला


के लेखुँ

सुन्दर कुनै एउटा प्रित लेखुँ
प्रित भित्र हाम्रो मायाको गित लेखुँ

दुःख व्यथा पनि थिए जिवनमा, मात्र खुसीका पल सम्झी
त्यहि पलमा हाम्रो मायाको जित लेखुँ

प्रकृतिको कुनामा कतै, सुन्दर एउटा घर बनाई
त्यहि घरमा हाम्रो मायाको रित लेखुँ

समाएर तिम्रो हात, पाएँ सातौ जनमको साथ
अब त हर जनम तिमि नै मेरो मित लेखुँ

के लेखुँ यस्तो कि सुनोस सारा संसारले
हाम्रो मायाको कथा अब एउटा चर्चित लेखुँ

टाडा जाँदैछु

तिमीलाई मेरो याद नी आउने छैन त्यति धेरै टाढा जाँदैछु
तिम्रा ती याद सबै छोडी यतै टाढा जाँदैछु
हाँसीहाँसी फकाई फकाई मनसँग खेल्ने तिम्रो बानि थियो
तिम्रा ती बानी सबै छोडी यतै टाढा जाँदैछु
अँगालोमा बेरी तिमीले दिएको त्यो स्पर्सलाई
अजम्बरी घाउ बनाई साथ लिई टाढा जाँदैछु
हात माथि हात समाई हिडेका ती समयलाई
तिम्रा ती साथ सबै छोडी यतै टाढा जाँदैछु
अविरल ती बात तिम्रा छातिमाथि सुती तिमीले
बिताएका रात सबै छोडी यतै टाढा जाँदैछु
मुस्कान भित्र लुकेको दर्द नदेखिने होला तिमीले
तिम्रा ती घात सबै छोडी यतै टाढा जाँदैछु
अशुभ कुनै दिन थियो जब तिमी नजर आयौ
मेरा यी पश्चाताप सबै छोडी यतै टाढा जाँदैछु
जब यो दिल-दिमागले तिमीलाई बिर्सनै लाग्छ
कि कुनै स्वरुपमा तिमी सामू अाइदिन्छौ
नजरबाट अोझेल गरी बिलिन पार्न खोजे
फेरी कुनै सपना भै परेलीमा बसिदिन्छौ

झ्याल-ढोका बन्द गरी रोक्न खोजे तिम्रो अागमनलाई
बिगतका मिठा याद बनी मुटु भित्र बसिदिन्छौ
पन्छ्याई तिम्रो अस्तित्वलाई एकान्तमा बस्दा पनि
पछि-पछि पवनसँगै अाइदिन्छौ

सम्झाउन त खोजेकै हो यो मनलाई
मन तर कुरै बुझ्दैन
दुई पलको साथ दिन पनि तिमी हिचकिचायौ
जिन्दगी त म पनि पुरै खोज्दीन
साथी, अर्थ था' छैन भने शब्द प्रयोग नगर
अालो मनको घाऊ छ नुन थप्न सहयोग नगर

नौनी सरी कोमल थियौ घोच्ने तिखो काँडा नबन
दुनिँयाले कुरा काट्ला त्यति सारो छाडा नबन

बोलेरै संसार बेच्ने तिमि, संवेदनाको व्यापारी नबन
भग्नावशेषमा बचेको इज्जत बचाऊ, रद्दीको कवाडी नबन

दुई नामे, दुई मुखे, दुई जिब्रे तिमि चरित्र चाईँ फेर्ने नगर
मित्रताको सफा नातामा अश्लिलताले फर्कि-फर्कि हेर्ने नगर

कालो तिम्रो छाला होला मन त कालो राख्ने नगर
नजरबाट गिरेको तिमि भिखमा इज्जत माग्ने नगर

एक जमातको हल्ला थियो यता त्यसमा अागो सल्काउने नगर
मह जस्तो रसिलो जवानी सबैलाई अलिअलि चखाउने नगर
हेरीरहुँ तिमिलाई बस चाहना यति छ
हरपल तिमिसँग हुने बाहना कति छ

ख्यालख्यालमै तिमिसँग निकटता बढेछ
जब हुन्नौ सामु तिमि, तिम्रो सम्झना कति छ

म मौनतामै बसीरहेँ तिम्रो खयालमा
भविष्य रंगाउने तिम्रो कल्पना कति छ

हराउँछ मन खै कता हो कता
शुन्य भविष्यको अदृश्य सपना कति छ

शब्दहरूको जालो बुन्छु तिमिलाई फसाउन तर
यति त भन प्रिय, मेरोलागी तिम्रो भावना कति छ?

के गर्नु?

गर्नु काण्ड गरिसकेँ, कुरा अब, गरेर के गर्नु
मनको बाँध फुटिसक्यो, खोला अब, तरेर के गर्नु

फाल्नु इज्जत फाली सकेँ अलिकति लोभमा
गाउँभरी हल्ला भो, बसाइँ अब, सरेर के गर्नु

 लोभी अाफ्नै मन थियो रहर कहिल्यै पुगेन
पापको कमाइमा, भकारी अब, भरेर के गर्नु

धेरैको सराप लाग्ला भनी मनमा अलि डर लाग्छ
नर्कबाट बच्न पुण्यको, बिउ अब, छरेर के गर्नु

अमर कोही छैनन् यहाँ, मर्नुपर्छ एकदिन सबले
बाचुन्जेल त यस्तो, हाल अब, मरेर के गर्नु

गर्नु काण्ड गरिसकेँ, कुरा अब, गरेर के गर्नु
मनको बाँध फुटिसक्यो, खोला अब, तरेर के गर्नु