Posts

Showing posts from 2014

वाचाहरू त्यहाँ हुन्नन्

आँसु र सुस्केराका वाचाहरू त्यहाँ हुन्नन् हाँसो र खुशीका कसमहरू त्यहाँ हुन्नन् माया र विश्वासमा कहिल्यै वाचा बाँधिन्नन् साक्षी चाहिन्न् त्यहाँ किरिया खाइन्न् लाग्दछ माया त्यो लाएर कहाँ लाइने हो र खोसेर पाइन्न त्यो न त माग्दैमा नै दिइन्छ समय बदलिदैमा बदलिने त्यो होइन जीवनको परिधि भित्र सीमित त्यो छैन सम्झाउन सकिन्न केहि परिभाषा दिएर प्रीतिको छैन यहाँ खोजेर उपमा कुनै देखाउन सकिदैन केहि प्रमाण दिएर त्यसको छँदै छैन पाईन्न त्यहाँ आकृति कुनै। २०३३/1976 साभार: चाँदनी शाहका कविता प्रकाशक: श्री ५ को सरकार, सञ्चार मन्त्रालय, सुचना विभाग, २०४३ कात्तिक २२ मुद्रक: श्री ५ को सरकारको छापाखाना, सिंहदरबार, काठमान्डौँ, नेपाल

जहाँ जहाँ जान्छौ

उकाली अोह्रालीहरूमा भन्ज्याङ अनि चौतारीहरूमा सुन्दर ती दहहरूमा हिमालका विशाल छातीहरूमा जहाँ जहाँ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु ती छहरा खोला खहरेहरूमा सम्झना बनी बगिरहन्छु तराईका हरिया फाँटमा पहाडका तरेलीहरूमा हिमालका सुन्दर अनि विकट ती बस्ती बस्तीहरूमा जहाँ जहाँ जान्छौ तिमी म बाटो बनी साथै आइरहन्छु ती सुस्केरा थकाइ सुसेलीहरूमा गीत बनी गुन्जिरहन्छु मुटु कमाउने जाडोहरूमा कपाल  दु:ख्ने गर्मीहरूमा मन हर्ने सुन्दर दृश्य शान्त शीतल वातावरणमा जहाँ जहाँ जान्छौ तिमी म आकाश बनी देखिरहन्छु ती लेक बेसी अनि पाखाहरूमा पवन बनी भेटिरहन्छु २०३५/1978 साभार: चाँदनी शाहका कविता प्रकाशक: श्री ५ को सरकार, सञ्चार मन्त्रालय, सुचना विभाग, २०४३ कात्तिक २२ मुद्रक: श्री ५ को सरकारको छापाखाना, सिंहदरबार, काठमान्डौँ, नेपाल

हराएका पात्रहरु

जीवनमा केहि अवस्मरणीय याद छाडेकाहरु मेरो कथामा असिम शब्द मात्र बनेकाहरु आज सम्झिदैँछु मेरो जीनवबाट हराएका पात्रहरु। कोहि सम्झीन लायक अनुहारहरु कोहि मेरो सरापमा बाचेका मात्रहरु आज सम्झिदैँछु मेरो जीवनबाट हराएका पात्रहरू। कोहि सपनामा आउनेहरु कोहि बाटोमा भेटिने मात्रहरु  आज सम्झिदैँछु मेरो जीवनबाट हराएका पात्रहरु। जसको गालीले घोच्नेहरु जसको बोलीले प्रेरणा दिनेहरू ती सबैलाई मेरो मनमस्तिस्कमा च्यापेरा सुतेका रातहरु आज सम्झिदैछु मेरो जीवनबाट हराऐका पात्रहरु।

तेरो र मेरो प्रेम

रातभरीको हुरीले विनास गरीएको क्षदविक्षेद सहर झैँ भूतपुर्व प्रेमीको टुक्रा-टुक्रा गरी च्यातिएको प्रेमपत्र झैँ अशान्त सागरको ज्वारभाटा झैँ घनघोर जंगलको विसालु काडा झैँ तेरो र मेरो प्रेम।

के मेटाउन सकौला र

मेरो अस्तित्वलाई मेटाएर तिमी आफ्नो झण्डा गाडौला तर मैले जे गरे त्यो त इतिहासमा लेखिई सक्यो मेरो इतिहासलाई तिमी के मेटाउन सकौला र। मेरो सालिकलाई ढलाएर तिमी वर्तमान परिपक्षका शब्द र रंगले पोतौला जहाँ मेरा सालिक थिए त्यहाँ आज तिमीले शहिद फलाना फलाना चोक भनी न्वारन ग-यौ तर मैले जे गरे त्यो त इतिहासमा लेखिई सक्यो मेरो इतिहासलाई तिमी के मेटाउन सकौला र।। ति हरेक उपसर्गबाट मेरो नाम हटाएर तिमी नयाँ नेपालको कल्पना गरौला तर सयौँ वर्ष अघि गरेको सि‌ङ्गो नेपालको कल्पना आज तिम्रो अगाडी छ यो कल्पना तिमी के मेटाउन सकौला र।।।

अझै तिमीसँग

अझै  त्यहाँसम्म तिमीसँग हिड्न सकुँ जहाँसम्म पाईला चल्छ अझै तबसम्म तिमीसँग बाच्न सकुँ जबसम्म सास चल्छ अझै त्यति माया तिमीलाई गर्न सकुँ जति यो हृदयले दिन सक्छ र जब मेरो अन्त्य हुनेछ त्यसपछि पनि आँखा बन्द गरी महसुस गर म तिम्रै वरिपरि हुनेछु्।
सडकमा हिडेका विचित्र अनुहारमा म आफ्नो विगतका कर्तुत देख्छु जो मलाई सँधै घोची-घोची रूवाउने, दबाउने र खियाउने गर्छ। तिम्रा धारिला गाली-गलौचमा म आफ्नो भविष्यको रंगीन सपना देख्छु जुन मलाई यतार्थमा तितो, धमिले र असत्य लाग्न थालेछ। विचित्रको जालोमा बाधिएको संसारमा म आफ्नो कल्पनाको स्वच्छन्द जिवन खोजीरहेछु मेरो स्वच्छन्द जिवन।।

आँखा मोनालिसाको

धेरै सपना बोकेका छन् की धेरै आसा थोरै इर्ष्या छन् की त्यहाँ धेरै नसा खुशीले रमेका छन् की कतै आफैसँग रिसाको खै कस्तो कस्तो भाव बोकेको छ आँखा मोनालिसाको। कति समय तिम्रै लागी व्यर्थ गए होला कति यौवन तिम्रो लागी व्यर्थ भए होला फुटेर जाने हौ की कतै महल तिमी सिसाको भित्र भित्रै डुबुँ झैँ लाग्यो आँखा मोनालिसाको। राम्रो मान्ने तिमीलाई कागजमा कोरी दिए राम्रो माने मैले तिमीलाई शब्द भित्र बेरीदिएँ भिजाउछन् मेरा शब्द सबै शित तिमी निसाको कुन कागजमा कोरू म आँखा मोनालिसाको। वसन्तलाई निम्त्याउने हो की शिशिरलाई चिहाउने वर्षा झैँ रूझाउने हो की ग्रिष्ममा थकाउने उडाउछन् मेरा चाहना सबै बतास चारै दिशाको मेरै लागि भनुँ की म आँखा मोनालिसाको। भिखारीको व्यथा बोकेको छ की कतै सन्देश टाढाको ल्याएको मायाको न्यानो आभाष छ की कतै विछोडको वेदान पाएको दु:ख-सुख, आँसु र हाँसो सबैकुरा मिसा'को सायद यस्तै भाव बोकेको छ आँखा मोनालिसाको।।

शहिद

तिनै हुन् विर मरेर आफू रगतको खोला बगाए तिनै हुन् शहिद मरेर आफू देश यो सजाए सोचेनन् कहिल्यै कति छ दु:ख लड्दा यो लडाईमा ज्यानै फाली लागेथे तिनै जनताको भलाईमा

दिन बित्यो रात बित्यो

दिन बित्यो रात बित्यो तिमीलाई सम्झी साल बित्यो आकाशका तारा गन्छु एकान्तमा टोलाई रहन्छु मेरो मुटू खेलौना होइन खेली तिमी नभागन मेरो पनी त मनै हो माया गर्ने बाचा गर्छ यो। बितेका ती पल सम्झीँदा आखाबाट आँसु झर्छ छाडी गयौ तिमी मलाई फेरी पनी याद आँउछ मेरो मुटू खेलौना होइन खेली तिमी नभागन मेरो पनी त मनै हो माया गर्ने बाचा गर्छ यो।।

अघोरी

सुस्तरी सुसेल्दै आउछ कोही अन्धकार कुनाबाट छाउछ कोही रक्त पिपासु आँखा उसको खोज्दैछ अर्को लास कोही। चिर्दैछ खादैछ मांस फेरि खानेछ मुटू छाती चिरी रगतको धारा बगाउदै मुखमा हुँदैछ ऊ रगताम्य फेरी। उठी ऊ चिहानबाट पुग्दैछ हरेको सिरान सम्म रातको चकमन्नमा घुम्दै हराउछ ऊ बिहानसम्म।
लौ तिम्रो आँखा अगाडि उभिन्छु म जति हेर्न छ हेर अब लौ तिम्रो अंगालोमा बाधिन्छु म जति बेर्न छ बेर अब। हातेमालो गर्दै बाँकी जिवन काट्नु छ अब सादा कागज सरी यो जोवन जति कोर्न छ कोर अब। घायल भएर तिम्रो नजरले छरिएको चारै तिर जति सोर्न छ सोर अब् निकटताको सिमा छैन, वियोगको के कुरा दुई ज्यान हामी अलग हो र अब? 

मौन म

मौन जिवन मौन प्रेम मौन आँखा मौन सपना मौन भावना मौन वेदना अनि, . . . .मौन म