Posts

Showing posts from February, 2014

अझै तिमीसँग

अझै  त्यहाँसम्म तिमीसँग हिड्न सकुँ जहाँसम्म पाईला चल्छ अझै तबसम्म तिमीसँग बाच्न सकुँ जबसम्म सास चल्छ अझै त्यति माया तिमीलाई गर्न सकुँ जति यो हृदयले दिन सक्छ र जब मेरो अन्त्य हुनेछ त्यसपछि पनि आँखा बन्द गरी महसुस गर म तिम्रै वरिपरि हुनेछु्।
सडकमा हिडेका विचित्र अनुहारमा म आफ्नो विगतका कर्तुत देख्छु जो मलाई सँधै घोची-घोची रूवाउने, दबाउने र खियाउने गर्छ। तिम्रा धारिला गाली-गलौचमा म आफ्नो भविष्यको रंगीन सपना देख्छु जुन मलाई यतार्थमा तितो, धमिले र असत्य लाग्न थालेछ। विचित्रको जालोमा बाधिएको संसारमा म आफ्नो कल्पनाको स्वच्छन्द जिवन खोजीरहेछु मेरो स्वच्छन्द जिवन।।

आँखा मोनालिसाको

धेरै सपना बोकेका छन् की धेरै आसा थोरै इर्ष्या छन् की त्यहाँ धेरै नसा खुशीले रमेका छन् की कतै आफैसँग रिसाको खै कस्तो कस्तो भाव बोकेको छ आँखा मोनालिसाको। कति समय तिम्रै लागी व्यर्थ गए होला कति यौवन तिम्रो लागी व्यर्थ भए होला फुटेर जाने हौ की कतै महल तिमी सिसाको भित्र भित्रै डुबुँ झैँ लाग्यो आँखा मोनालिसाको। राम्रो मान्ने तिमीलाई कागजमा कोरी दिए राम्रो माने मैले तिमीलाई शब्द भित्र बेरीदिएँ भिजाउछन् मेरा शब्द सबै शित तिमी निसाको कुन कागजमा कोरू म आँखा मोनालिसाको। वसन्तलाई निम्त्याउने हो की शिशिरलाई चिहाउने वर्षा झैँ रूझाउने हो की ग्रिष्ममा थकाउने उडाउछन् मेरा चाहना सबै बतास चारै दिशाको मेरै लागि भनुँ की म आँखा मोनालिसाको। भिखारीको व्यथा बोकेको छ की कतै सन्देश टाढाको ल्याएको मायाको न्यानो आभाष छ की कतै विछोडको वेदान पाएको दु:ख-सुख, आँसु र हाँसो सबैकुरा मिसा'को सायद यस्तै भाव बोकेको छ आँखा मोनालिसाको।।