टाडा जाँदैछु

तिमीलाई मेरो याद नी आउने छैन त्यति धेरै टाढा जाँदैछु
तिम्रा ती याद सबै छोडी यतै टाढा जाँदैछु

हाँसीहाँसी फकाई फकाई मनसँग खेल्ने तिम्रो बानि थियो
तिम्रा ती बानी सबै छोडी यतै टाढा जाँदैछु

अँगालोमा बेरी तिमीले दिएको त्यो स्पर्सलाई
अजम्बरी घाउ बनाई साथ लिई टाढा जाँदैछु

हात माथि हात समाई हिडेका ती समयलाई
तिम्रा ती साथ सबै छोडी यतै टाढा जाँदैछु

अविरल ती बात तिम्रा छातिमाथि सुती तिमीले
बिताएका रात सबै छोडी यतै टाढा जाँदैछु

मुस्कान भित्र लुकेको दर्द नदेखिने होला तिमीले
तिम्रा ती घात सबै छोडी यतै टाढा जाँदैछु

अशुभ कुनै दिन थियो जब तिमी नजर आयौ
मेरा यी पश्चाताप सबै छोडी यतै टाढा जाँदैछु

Comments

Popular posts from this blog

दिन बित्यो रात बित्यो