अर्थहिन शब्दहरू पानामाथि कोरीरहेछु
या त म पागल भएछु, या त कवि भएछु ।

हिरा जस्तै चम्कनु थियो, फगत एक पत्थर भएछु
न त सुन छापावाल न  तेजावी भएछु ।।

सुर्यकोटी समप्रभ, प्रचण्ड भई छाउनु थियो
डुब्न ला'को कमजोर एक रवि भएछु ।।।

Comments

Popular posts from this blog

दिन बित्यो रात बित्यो