के गर्नु?
गर्नु काण्ड गरिसकेँ, कुरा अब, गरेर के गर्नु मनको बाँध फुटिसक्यो, खोला अब, तरेर के गर्नु फाल्नु इज्जत फाली सकेँ अलिकति लोभमा गाउँभरी हल्ला भो, बसाइँ अब, सरेर के गर्नु लोभी अाफ्नै मन थियो रहर कहिल्यै पुगेन पापको कमाइमा, भकारी अब, भरेर के गर्नु धेरैको सराप लाग्ला भनी मनमा अलि डर लाग्छ नर्कबाट बच्न पुण्यको, बिउ अब, छरेर के गर्नु अमर कोही छैनन् यहाँ, मर्नुपर्छ एकदिन सबले बाचुन्जेल त यस्तो, हाल अब, मरेर के गर्नु गर्नु काण्ड गरिसकेँ, कुरा अब, गरेर के गर्नु मनको बाँध फुटिसक्यो, खोला अब, तरेर के गर्नु