साथी, अर्थ था' छैन भने शब्द प्रयोग नगर अालो मनको घाऊ छ नुन थप्न सहयोग नगर नौनी सरी कोमल थियौ घोच्ने तिखो काँडा नबन दुनिँयाले कुरा काट्ला त्यति सारो छाडा नबन बोलेरै संसार बेच्ने तिमि, संवेदनाको व्यापारी नबन भग्नावशेषमा बचेको इज्जत बचाऊ, रद्दीको कवाडी नबन दुई नामे, दुई मुखे, दुई जिब्रे तिमि चरित्र चाईँ फेर्ने नगर मित्रताको सफा नातामा अश्लिलताले फर्कि-फर्कि हेर्ने नगर कालो तिम्रो छाला होला मन त कालो राख्ने नगर नजरबाट गिरेको तिमि भिखमा इज्जत माग्ने नगर एक जमातको हल्ला थियो यता त्यसमा अागो सल्काउने नगर मह जस्तो रसिलो जवानी सबैलाई अलिअलि चखाउने नगर
दिन बित्यो रात बित्यो तिमीलाई सम्झी साल बित्यो आकाशका तारा गन्छु एकान्तमा टोलाई रहन्छु मेरो मुटू खेलौना होइन खेली तिमी नभागन मेरो पनी त मनै हो माया गर्ने बाचा गर्छ यो। बितेका ती पल सम्झीँदा आखाबाट आँसु झर्छ छाडी गयौ तिमी मलाई फेरी पनी याद आँउछ मेरो मुटू खेलौना होइन खेली तिमी नभागन मेरो पनी त मनै हो माया गर्ने बाचा गर्छ यो।।
Comments
Post a Comment