जानिएन

जिन्दगीमा बस यही एउटा काम गर्न जानिएन
मन कालो मुख उज्यालो राख्न जानिएन ।

जस्तो थिएँ छर्लङ्ग थिएँ खुला किताब सरी
मुखमा हाँसो मनमा जालो राख्न जानिएन ।

जो थिए वरिपरि सबै थिए अाफ्ना
मुखमा राम-राम बगलीमा छुरा राख्न जानिएन ।

सादा मन सादा जिवन बाँच्दै गए यसै गरी
छेपारो झैँ घरीघरी रङ्ग साट्न जानिएन ।

हाँसी खुशी सबैसँग रमाएर जिउनु थियो
छुरा समाई हातमा अरूको मन काट्न जानिएन ।

Comments

Popular posts from this blog

दिन बित्यो रात बित्यो