बुझ्नेलाई माया

बुझ्नेलाई माया, गहिरो थियो
नबुझ्नेलाई लाटो अनि, बहिरो थियो

खुल्ला अाकासमा उड्न चाहे, उनी सँगसँगै
उता पट्टी अाकासमा, बादल अनि, कुहिरो थियो

तिमी पारी, वारी म, भेट हुने कैले कैले
चिसो पस्यो मन भित्र, बाहिर शित अनि, तुहिरो थियो

खोला पारी भेट्न अाउँछु, भन्दा भन्दै वर्ष बित्यो
यो साल'नी खोलामा, बाडी अनी, पहिरो थियो

बुझ्नेलाई माया, गहिरो थियो
नबुझ्नेलाई लाटो अनि, बहिरो थियो

Comments

Popular posts from this blog

दिन बित्यो रात बित्यो