रेपिस्ट

तिम्रो सभ्य समाजमा
मेरो असभ्य शब्दहरू
बोल्दा पनि पोल्ला भनी
अाफ्नै मनभित्रको
अन्धकार कुनामा कतै
अर्धनग्न पारी
जबरजस्ती करणी गर्दैछु
अाफ्नै अात्मालाई

रिमोटको इसारामा र
रोबोट जसरी भनिएको / तोकिएको
ठ्याक्क ठ्याक्क गर्नुपर्ने
तिनै ठूला रितिरिवाज, नियमकानुनको अघि
झुकिरहेको बेवारिसे र बिवस
अाफ्नै मनभित्रको
अन्धकार कुनामा कतै
थिचीमिची मरासन्नावस्थामा
जबरजस्ती करणी गर्दैछु
अाफ्नै स्वभावलाई

जिउन जान्ने मानिसहरूको
सभ्य समाज र स्वभाव बिच
जे गरेनी गलत र असभ्य
मान्नेहरूको चोकको बिचैमा
सभ्यताको अाँखै अगाडी
जबरजस्ती करणी गर्दैछु
अाफ्नै इच्छाहरूलाई

 

Comments

Popular posts from this blog

दिन बित्यो रात बित्यो