हेरीरहुँ तिमिलाई बस चाहना यति छ
हरपल तिमिसँग हुने बाहना कति छ

ख्यालख्यालमै तिमिसँग निकटता बढेछ
जब हुन्नौ सामु तिमि, तिम्रो सम्झना कति छ

म मौनतामै बसीरहेँ तिम्रो खयालमा
भविष्य रंगाउने तिम्रो कल्पना कति छ

हराउँछ मन खै कता हो कता
शुन्य भविष्यको अदृश्य सपना कति छ

शब्दहरूको जालो बुन्छु तिमिलाई फसाउन तर
यति त भन प्रिय, मेरोलागी तिम्रो भावना कति छ?

Comments

Popular posts from this blog

दिन बित्यो रात बित्यो