के मेटाउन सकौला र

मेरो अस्तित्वलाई मेटाएर तिमी
आफ्नो झण्डा गाडौला
तर मैले जे गरे त्यो त
इतिहासमा लेखिई सक्यो
मेरो इतिहासलाई तिमी
के मेटाउन सकौला र।

मेरो सालिकलाई ढलाएर तिमी
वर्तमान परिपक्षका शब्द र रंगले पोतौला
जहाँ मेरा सालिक थिए
त्यहाँ आज तिमीले शहिद फलाना फलाना चोक
भनी न्वारन ग-यौ
तर मैले जे गरे त्यो त
इतिहासमा लेखिई सक्यो
मेरो इतिहासलाई तिमी
के मेटाउन सकौला र।।

ति हरेक उपसर्गबाट
मेरो नाम हटाएर तिमी
नयाँ नेपालको कल्पना गरौला
तर सयौँ वर्ष अघि गरेको
सि‌ङ्गो नेपालको कल्पना
आज तिम्रो अगाडी छ
यो कल्पना तिमी
के मेटाउन सकौला र।।।

Comments

Popular posts from this blog

दिन बित्यो रात बित्यो