जहाँ जहाँ जान्छौ

उकाली अोह्रालीहरूमा भन्ज्याङ अनि चौतारीहरूमा
सुन्दर ती दहहरूमा हिमालका विशाल छातीहरूमा
जहाँ जहाँ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु
ती छहरा खोला खहरेहरूमा सम्झना बनी बगिरहन्छु

तराईका हरिया फाँटमा पहाडका तरेलीहरूमा
हिमालका सुन्दर अनि विकट ती बस्ती बस्तीहरूमा
जहाँ जहाँ जान्छौ तिमी म बाटो बनी साथै आइरहन्छु
ती सुस्केरा थकाइ सुसेलीहरूमा गीत बनी गुन्जिरहन्छु

मुटु कमाउने जाडोहरूमा कपाल  दु:ख्ने गर्मीहरूमा
मन हर्ने सुन्दर दृश्य शान्त शीतल वातावरणमा
जहाँ जहाँ जान्छौ तिमी म आकाश बनी देखिरहन्छु
ती लेक बेसी अनि पाखाहरूमा पवन बनी भेटिरहन्छु

२०३५/1978

साभार: चाँदनी शाहका कविता
प्रकाशक: श्री ५ को सरकार, सञ्चार मन्त्रालय, सुचना विभाग, २०४३ कात्तिक २२
मुद्रक: श्री ५ को सरकारको छापाखाना, सिंहदरबार, काठमान्डौँ, नेपाल

Comments

Popular posts from this blog

दिन बित्यो रात बित्यो