वाचाहरू त्यहाँ हुन्नन्

आँसु र सुस्केराका वाचाहरू त्यहाँ हुन्नन्
हाँसो र खुशीका कसमहरू त्यहाँ हुन्नन्
माया र विश्वासमा कहिल्यै वाचा बाँधिन्नन्
साक्षी चाहिन्न् त्यहाँ किरिया खाइन्न्

लाग्दछ माया त्यो लाएर कहाँ लाइने हो र
खोसेर पाइन्न त्यो न त माग्दैमा नै दिइन्छ
समय बदलिदैमा बदलिने त्यो होइन
जीवनको परिधि भित्र सीमित त्यो छैन

सम्झाउन सकिन्न केहि परिभाषा दिएर
प्रीतिको छैन यहाँ खोजेर उपमा कुनै
देखाउन सकिदैन केहि प्रमाण दिएर
त्यसको छँदै छैन पाईन्न त्यहाँ आकृति कुनै।


२०३३/1976

साभार: चाँदनी शाहका कविता
प्रकाशक: श्री ५ को सरकार, सञ्चार मन्त्रालय, सुचना विभाग, २०४३ कात्तिक २२
मुद्रक: श्री ५ को सरकारको छापाखाना, सिंहदरबार, काठमान्डौँ, नेपाल

Comments

Popular posts from this blog

दिन बित्यो रात बित्यो