लौ तिम्रो आँखा अगाडि उभिन्छु म जति हेर्न छ हेर अब
लौ तिम्रो अंगालोमा बाधिन्छु म जति बेर्न छ बेर अब।

हातेमालो गर्दै बाँकी जिवन काट्नु छ अब
सादा कागज सरी यो जोवन जति कोर्न छ कोर अब।

घायल भएर तिम्रो नजरले
छरिएको चारै तिर जति सोर्न छ सोर अब्

निकटताको सिमा छैन, वियोगको के कुरा
दुई ज्यान हामी अलग हो र अब? 

Comments

Popular posts from this blog

दिन बित्यो रात बित्यो