अघोरी

सुस्तरी सुसेल्दै आउछ कोही
अन्धकार कुनाबाट छाउछ कोही
रक्त पिपासु आँखा उसको
खोज्दैछ अर्को लास कोही।

चिर्दैछ खादैछ मांस फेरि
खानेछ मुटू छाती चिरी
रगतको धारा बगाउदै मुखमा
हुँदैछ ऊ रगताम्य फेरी।

उठी ऊ चिहानबाट
पुग्दैछ हरेको सिरान सम्म
रातको चकमन्नमा घुम्दै
हराउछ ऊ बिहानसम्म।

Comments

Popular posts from this blog

दिन बित्यो रात बित्यो