आँखा मोनालिसाको

धेरै सपना बोकेका छन् की
धेरै आसा
थोरै इर्ष्या छन् की त्यहाँ
धेरै नसा
खुशीले रमेका छन् की कतै
आफैसँग रिसाको
खै कस्तो कस्तो भाव बोकेको छ
आँखा मोनालिसाको।

कति समय तिम्रै लागी
व्यर्थ गए होला
कति यौवन तिम्रो लागी
व्यर्थ भए होला
फुटेर जाने हौ की कतै
महल तिमी सिसाको
भित्र भित्रै डुबुँ झैँ लाग्यो
आँखा मोनालिसाको।

राम्रो मान्ने तिमीलाई
कागजमा कोरी दिए
राम्रो माने मैले तिमीलाई
शब्द भित्र बेरीदिएँ
भिजाउछन् मेरा शब्द सबै
शित तिमी निसाको
कुन कागजमा कोरू म
आँखा मोनालिसाको।

वसन्तलाई निम्त्याउने हो की
शिशिरलाई चिहाउने
वर्षा झैँ रूझाउने हो की
ग्रिष्ममा थकाउने
उडाउछन् मेरा चाहना सबै
बतास चारै दिशाको
मेरै लागि भनुँ की म
आँखा मोनालिसाको।

भिखारीको व्यथा बोकेको छ की कतै
सन्देश टाढाको ल्याएको
मायाको न्यानो आभाष छ की कतै
विछोडको वेदान पाएको
दु:ख-सुख, आँसु र हाँसो
सबैकुरा मिसा'को
सायद यस्तै भाव बोकेको छ
आँखा मोनालिसाको।।

Comments

Popular posts from this blog

दिन बित्यो रात बित्यो