अझै तिमीसँग

अझै  त्यहाँसम्म तिमीसँग हिड्न सकुँ
जहाँसम्म पाईला चल्छ
अझै तबसम्म तिमीसँग बाच्न सकुँ
जबसम्म सास चल्छ
अझै त्यति माया तिमीलाई गर्न सकुँ
जति यो हृदयले दिन सक्छ

र जब मेरो अन्त्य हुनेछ
त्यसपछि पनि आँखा बन्द गरी महसुस गर
म तिम्रै वरिपरि हुनेछु्।


Comments

Popular posts from this blog

दिन बित्यो रात बित्यो