सडकमा हिडेका विचित्र अनुहारमा
म आफ्नो विगतका कर्तुत देख्छु
जो मलाई सँधै घोची-घोची
रूवाउने, दबाउने र खियाउने गर्छ।

तिम्रा धारिला गाली-गलौचमा
म आफ्नो भविष्यको रंगीन सपना देख्छु
जुन मलाई यतार्थमा
तितो, धमिले र असत्य लाग्न थालेछ।

विचित्रको जालोमा बाधिएको संसारमा
म आफ्नो कल्पनाको स्वच्छन्द जिवन खोजीरहेछु
मेरो स्वच्छन्द जिवन।।

Comments

Popular posts from this blog

दिन बित्यो रात बित्यो